२०८१ असार ३०, आईतवार
July 14, 2024, Sunday

‘प्रेमगीत ३’ चीनमा पनि प्रदर्शन हुने

काठमाडौं- चलचित्र ‘प्रेमगीत ३’ चीनमा पनि प्रदर्शन हुने भएको छ । हिन्दी भाषामा भारतमा पनि प्रसारण हुने यस फिल्म अब चीनियाँ भाषामा चीनमा पनि रिलिज हुने भएको हो । 

फिल्म चीनमा प्रदर्शन गर्नका लागि मुम्बईमा वितरण कम्पनीहरू यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेकोसमेत निर्माण पक्षले जनाएको छ ।

यूएफओले नै चलचित्र चीनियाँ हलहरुमा फिल्म प्रदर्शन गर्ने बताइएको छ ।

चलचित्रमा प्रदीपसँगै कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्नुभएको फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज हुने तयारीमा रहेको छ । 

Related News

सिमलताल पहिरो: तीन वटै शवको पहिचान
  • २०७९ भाद्र १

चितवन– नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ...

TOP