२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

पुर्पक्षका लागि थुनामा राख्ने निर्णयविरुद्ध पल शाह पुगे उच्च अदालत

नावालिग बलात्कारको अभियोगमा जिल्ला अदालतवाट पुर्पक्षका लागि थुनामा पठाइएका पल शाह उक्त निर्णयलाई चुनौती दिँदै उच्च अदालत पोखरा पुगेका छन्।

जिल्ला अदालत तनहुँको थुनछेक आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै शाहले आफ्नो बारेसमार्फत् उच्च अदालतमा निवेदन दर्ता गराएका हुन्। मुलुकी अपराध संहितको ७३ नम्बर निवेदन लिएर शाह उच्च आएको पोखरा उच्च अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए।

शाहको निवेदनमा आफूलाई थुनामा पठाउने आदेश त्रुटिपूर्ण भएकाले बदर गर्दै धरौटी वा साधारण तारेखमा रिहा गर्नुपर्ने माग गरिएको छ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ चैत्र १५

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP