२०८२ बैशाख २९, सोमबार
May 12, 2025, Monday

चैत ८ गतेदेखि १० गतेसम्म ‘डडेल्धुरा महोत्सव’ हुने

धनगढी – ‘डडेल्धुरा महोत्सव २०७८’ हुने भएको छ । अमरगढी नगरपालिकाको आयोजनामा ८ देखि १० चैतसम्म टुँडिखेलमा ‘डडेल्धुरा महोत्सव’ हुने भएको हो ।

आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै नगरपालिकाले महोत्सवबारे जानकारी दिएको हो। रजत जयन्तीको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गर्न लागेको नगर प्रमुख विशेश्वरप्रसाद ओझाले बताए।

‘हामीले आफ्नो कार्यकालको अन्तिम समयमा महोत्सव गर्ने अवसर पाएका छौं। यो एउटा सुनौलो अवसर हो। महोत्सवले अमरगढीको मात्र नभएर डडेल्धुरासहित सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्नेछ,’ उनले भने, ‘सुदूरपश्चिमा थुप्रै पर्यटकीय स्थल भए पनि प्रचार९प्रसार हुन नसक्दा ओझेलमा परेको छ।’

महोत्सवमा सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणमा जोड दिइनेछ ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७८ फाल्गुन ३०

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP