२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

धनगढी पुगेर प्रचण्डले भने : प्रकाश सपुतको गीत पूरै गीत हेर्न पाएको छैन, तर्क वितर्क स्वभाविक

धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतको गीतलाई लिएर विभिन्न तर्क वितर्क भएकाले यसलाई स्वभाविक रूपमा लिनुपर्ने बताएका छन ।

पार्टीको प्रशिक्षण कार्यक्रमका लागि आज बिहान धनगढी पुगेका उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘मैले त्यो पूरै गीत हेर्न पाएको पनि छैन । जनयुद्धलाई संविधानसभामा ल्याउन ठिक थियो कि थिएन?,’ प्रचण्डले प्रश्न गरे ।

उनले अगाडि भनेका छन्, ‘म चाहेँ कतारमा जाँदा होस्, चाहे मलेसियामा जाँदा सयौं सयौंमा जनयुद्धमा सहभागी लडाकुहरू बडो दुःखपूर्ण जीवन बिताएका थिए । मैले जतिलाई भेटेँ उहाँ त्यस्तो दुःख गरेर पनि उहाँहरूले मलाई भन्नुहुन्थ्यो, कमरेड फेरि पनि तपाईंलाई असजिलो पर्‍यो भने भन्नुस् हैँ ? हामी बिग्रिएका छैनौं, विचलित भएका छैनौं । देशको निम्ति, राष्ट्रको निम्ति शान्तिमा आउनै पथ्र्यौं, समावेशीतासँग सबै उत्पीडित वर्गले केही न केही हक अधिकार पाएका छन भनेर गर्व गरेर बसेको पक्ष पनि छ । बर्बाद पार्‍यो माओवादी पार्टीले शान्तिमा ल्याएर भन्ने पनि छन् ।’

जनयुद्धमा महिलाहरूले वीरता र कीर्तिमान कायम गरेको कुराहरू पनि रहेको प्रचण्डले स्मरण गराए । ‘महिलाहरूको हिजो जनयुद्धको बेलामा वीरता र त्यसका कीर्तिमान कायम गरेका कुराहरू पनि छ । राज्यका तर्फबाट गरिएका दमनका पक्ष पनि छन्,’ उनले भने, ‘यो विषय मेरो विचारमा अहिले उत्तेजित कोही हुनुपर्ने छैन । पक्ष/विपक्ष, तर्क वितर्क हुन्छ त्यसलाई स्वभाविक रूपमा लिनुपर्छ ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०७८ फाल्गुन ३०

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP