२०८० आश्विन १७, बुधबार
October 4, 2023, Wednesday

‘सुवा त पराईकी भैगई’ सार्वजनिक (भिडियो सहित)

डोटीली भाषाको डेउडा गीत ‘सुवा त पराईकी भैगइ’ सार्वजनिक भएको छ । तेज पार्की र कल्पना विसीको स्वरमा रहेको उक्त गीत कलाकार गणेश साउद जिसीको जन्मदिनको अवसरमा उनको युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

गीतमा राम शिलालको शब्द, विजय कुमार थापाको एरेन्ज रहेको छ । गणेश साउद जिसी र सिमा खड्काको अभिनय रहेको उक्त गीतमा डोटीका स्थानीयहरुको पनि अभिनय रहेको छ । गीतको छायांकन डोटी मै गरिएको छ ।

भिडियोमा भिम विष्ट अछामी (रेखा थापा) को निर्देशन रहेको छ भने गायक अभिनयकर्ता जीसीको कथावस्तु रहेको छ । रवी आउजी, अनुपचन्द ठकुरीको छायांकन रहेको सो गीतको सम्पादन राजेश कुमारले गरेकाछन् ।

गीतमा डेउडा खेलसँगै अन्य दृष्यहरु देखाईएको छ ।

Related News

‘देउडा’मा मायाप्रीतिदेखि व्यङ्ग्य
‘देउडा’मा मायाप्रीतिदेखि व्यङ्ग्य
  • २०७७ माघ १५

सुदूरपश्चिम – हरेक उत्सवमा खेलिने देउडाले यतिबेला सुदूरपश्चिमको माहौल तताएको...

TOP