भजनी- टीकापुर उद्योग वाणिज्य सङ्घले कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण रोकिएको मेला महोत्सव सञ्चालन गर्न माग गरेको छ।
विशेषगरी उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने महोत्सव तथा व्यापार मेला सञ्चालनका लागि सरकारसँग आवश्यक समन्वय भइरहेको उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष रामबहादुर भण्डारीले जानकारी दिएका छन्।
प्रतिनिधिसभा विघटनपछि सरकारको समर्थन र विरोधमा प्रायः दिनहुँ हुनथालेका प्रदर्शनले कोरोनाको सङ्क्रमणलाई बेवास्ता गरेकाले अब मेला महोत्सव रोक्नुको पनि कुनै तुक नरहेको भन्दै उनले कोरोनाका कारण आक्रान्त बनेको व्यवसायको बढावाका लागि भए पनि मेला महोत्सव गर्न पाउनुपर्ने माग गरेका छन्।
टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका भण्डारीले कोरोना सङ्क्रमणकै जोखिमलाई हेरेर महोत्सवको मिति तय गर्न नसकिएको बताउँदै पछिल्लो परिस्थितिलाई हेर्दा सरकारले व्यवसायलाई मात्र मारमा पार्ने काम गर्दै आएको बताए।
कैलाली । धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही...