२०८२ बैशाख २९, सोमबार
May 12, 2025, Monday

दाहाल– नेपाल र ओली पक्षको दोहरी ‘हामी यता छौं’ (भिडियो सहित)

काठमाण्डौं । संसद विघटन पछि नेकपामा चुलिएको विवाद गीतमा समेटिएको छ । संसद विघटन पछि पुष्प कमल दाहल (प्रचण्ड), माधन नेपाल पक्षले सडकमा ‘हामी यता छौं’ भन्दै आन्दोलन गरेपछि त्या विषय वस्तुलाई समेटेर गीत बजारमा आएको छ ।

गीतमा दाहाल–नेपाल र ओली पक्ष बीचको दोहरी व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।

गायक एवम् संगीतकार प्रकाश पराजुली र प्रीतम पोख्रेलको आवाजमा उक्त गीत बजारमा आएको छ । उक्त गीत प्रकाश पराजुली नामक अफिसियल युट्युब च्यानलबाट बजारमा आएको हो । सो गीतमा देशमा चलिरहेको राजनीतिक गतिबिधिहरुलाई समेटिएको छ । गीतमा प्रीतम पोख्रेलले शब्द सृजना गरेका छन् भने संगीत संयोजन प्रकाश पराजुलिले गरेका छन् ।

मौसम हिमालीको निर्देशन मा तयार पारिएको गीतलाई राजेश नेपालले सम्पादन गरेका छन् । सुनिल परियारले संयोजन गरेको उक्त गीतको भिडियो दुर्गा पौडेलले छायांकन गरेका हुन । भिडियोमा प्रकाश पराजुली, मानसिङ खड्का, प्रीतम पोख्रेल, प्रेम अर्याल, सबिन आचार्य, लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७७ पुष १८

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP