उचित बजारीकरण नहुँदा वर्षेनी खेर जान्छन् कृषि उपज
डोटी- बडीकेदार गाउँपालिकाका किसानले उत्पादन गरेका सुन्तला मौसमीले बजार नपाउँदा कृषक मारमा परेका छन् । उत्पादन क्षेत्र नजिक संकलन केन्द्र, बजार, यातायात तथा बजारिकरणको अभावले कृषकले उत्पादन गरेका मौसमी फलफुल सुन्तला मौसमी बिग्रेर जाने अवस्थामा छन् ।
यस अघि सडक, यातायात, संकलन केन्द्रको अभावका कारण खेर जाने कृषि उत्पादन अहिले कोरोना महामारीका कारणले पनि बजार नपाउने अवस्थामा छन् । सो क्षेत्रमा उत्पादन हुने अदुवा, बेसार, सुन्तला, लसुन, कागती, अमिलो, मुला, भटमास, मौसमी जस्ता कृषि उपजहरुले बजार नपाउने र बजार पाएपनि विचौलीका कारण मुल्य नपाउने भएकाले कृषकहरु निराश छन् ।
यो वर्ष ग्रामिण भेगमा सडक पुगे पनि कृषकहरुले उत्पादन गरेका उत्पादन संकलन तथा विक्रिवितरणका लागि कुनै व्यवस्थापन नभएका कारण अन्य बर्ष जस्तै यो सिजनमा उत्पादन भएका सुन्तला र मौसमी रुखमै कुहिने अवस्था रहेको स्थानीय कृषकहरु बताउँछन् ।
व्यावसासयक रुपमा सुन्तला तथा मौसमी खेती गर्ने कृषकहरुले बजारीकरणका लागि स्थानीय सरकार तथा कृषि क्षेत्रमा कार्य गर्ने सरोकारवाला लाई गुहारी रहेका छन् । कृषि उत्पादनले बजार नपाउँदा व्यावसायिक कृषि खेती बाटै जिविकोपार्जन गर्ने उद्येश्य लिएर खेती गरीरहेका कृषकहरुको मनोबल घट्दै गएको बडीकेदार गाउँपालिका ५ का कृषक मानव चन्द बताउँछन् । उनले कृषि उत्पादनसँगै बजारीकरणका लागि स्थानीय सरकारले पहल गर्नु पर्ने बताए ।
कृषकहरुले व्यावसायिक रुपमा फलफुल, बेसार, तरकारी खेती गर्दै आए पनि उचित बजारको व्यवस्था नहुँदा त्यहाँ उत्पादित बस्तुहरु डोटी दिपायल, कैलाली लगायतका ठाउँमा लगेर बिक्रि गर्नुपर्ने बाध्यता रहेको छ । केही मात्रामा उत्पादन क्षेत्रमा आएर विचौलीयाहरुले खरिद गर्ने गरकोे भएपनि उत्पादनको लागत समेत नआउने गरेर सस्तोमा वेच्नु पर्ने बाध्यताका कारण कृषकले पेशा नै छाडेर कामका लागि बाहिर जानुपर्ने अवस्था रहेको स्थानीय कृषक कृष्ण बहादुर नेपालीले बताए ।
बजारको अभावमा कृषकहरुको जीवनस्थर माथी उठ्न सकेको छैन । कृषि उत्पादनको बजारी करणका लागि सरोकारवालाले कृषि उपज संकलन केन्द्र बनाएर त्यसको बजारी करणका लागि पहल गरिदिए मात्रै कृषकहरु पेशाप्रती आकर्षक हुनुका साथै आर्थिक अवस्थामा पनि माथी उठ्ने कृषक नेपालीको विश्वास छ ।
धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...