डोटी- कृषि उपज संकलनका लागि निर्माण गरिएको भवनमा नेकपा नेताले मदिरा तथा खाजा पसल सञ्चालन गरेका छन् । नेकपाका जिल्ला कार्य समिति सदस्य जङ्ग बहादुर खड्का (गणेश) ले मदिरा तथा खाजा पसल सञ्चालन गरेको स्थानीयले गुनासो गरेका छन् ।
आदर्श गाउँपालिका वडा नं. १ चासीमा साविको जिल्ला कृषि कार्यालय मार्फत सञ्चालीत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरग तीन लाखको लगानीमा बनेको संकलन केन्द्रमा मदिरा कारोबार हुने गरेको स्थानीयले बताएका छन् ।
स्थानीयले पसलमा मदिरा बिक्रि वितरण हुँने गरेको भन्दै आपत्ति जनाएका छन् । स्थानीयका अनुसार संकलन केन्द्रमा दशैं तिहार लगायतका चाडपर्व तथा अन्य समयमा जुवा तास समेत खेलाउने गरिएको छ ।
स्थानीयहरुले आदर्श गाउँपालिकाको कृषि शाखामा समेत संकलन केन्द्रमा मदिरा बिक्रिवितरण भैरहेको गुनासो गरेको कृषि शाखाका कर्मचारी खेम पाठकले बताए । जनगुनासो पछि सम्बन्धित ब्यक्तिलाई सम्पर्क गरेर सोधपुछ गर्नुका साथै मौखिक रुपमा त्यसो नगर्न भनेको पाठकले बताए ।
गाउँपालिका कृषि शाखा प्रमुख चक्र बहादुर भाँटले संकलन केन्द्रमा मदिरा पसल सञ्चालन गरेको जानकारी प्राप्त भएकाले संकलन केन्द्रको अनुदान लगातका बिषयमा खोजनीति गरेर अध्ययन अनुगमन गरिने बताए । उनले आफु शाखामा भरकरै आएकाले त्यो कार्यक्रम कहाँबाट सञ्चालन भएको हो भन्ने बारे पुर्ण जानकारी नभएको बताए ।
स्थानीयले तीन बर्ष अघि संकलन केन्द्र स्थापनाका लागि साविकको जिल्ला कृषिबाट तीन लाख अनुदान आएकोमा दुई लाखका भवन निर्माण गरिएको र एक लाखको तालिम सञ्चालन भनेर एउटा कार्यक्रम गरेर रकम हिनामिना भएको आरोप समेत लगाएका छन् ।
संकलन केन्द्र प्रगतिशिल कृषक समुह मार्फत निर्माण भएको र त्यसको अध्यक्ष आफु नै भएको मदिरा तथा खाजा पसल सञ्चालक जङ्ग बहादुर खड्का (गणेश)ले बताए । खड्काले शिखर समाचारसँगको कुराकानिमा आफुले संकल केन्द्रमा खाजा पसल सञ्चालन गरेको स्वीकार गरेका छन् । ‘संकलन केन्द्रको भवन मेरै जमिनमा बनेकोमा छ त्यसैले मैले स्यानो खाजा पसल सञ्चालन गरेको छु, खड्काले भने,‘नजिकै मदिरा पसल छ कहिले काँही त्याबाट ल्याएर ग्राहकहरुले खाने गरेका छन्, मदिरा बिक्रि ग¥यो भनेर रिसिविका आधारमा अरुले भनेको होला ।’
तर स्थानीयहरुले तरकारी तथा अन्य कृषि उपज संकलन तथा बिक्रि वितरणका लागि सबै गाउँलेहरु बसेर कृषि समुहलाई जमिन दिने गरी भवन निर्माण गरिएको बताउँदै आएका छन् । गाउँमा भएको तरकारी उत्पादन संकलन केन्द्रमा संकलन नगरेपछि उत्पादकहरु आफै बजार गएर तरकारी बिक्रि गर्ने गरेका छन् । संकलन केन्द्रमा मदिरा पसल सञ्चालन नगरेर स्थानीय उत्पादनको बजारिकणका लागि भवनको उपयोग हुनुपर्ने स्थानीयको माग छ ।
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी...
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...