२०७७ मंसिर १६, मंगलवार
December 1, 2020, Tuesday

रासायनिक मलको बिकल्पमा मानब पिसाब

शान्ता पोख्रेल

नेपाल एक कृषि प्रधान देश हो र देशको कुल राष्ट्रिय उत्पादनको लगभग एक तिहाई कृषि क्षेत्रले ओगटेको छ । देश बिकासको लागि कृषि क्रान्ति र यस क्षेत्रको बिकासको अपरिहार्य रहनेमा सबैको एकमत छ । कृषि क्षेत्रमा अनेक समस्या छन । तिनै मध्येको अहिलेको प्रमुख समस्या रासायनिक मलको अभाव हो । अहिलेको परिबेस हेर्ने हो भने किसानहरु बढी रसायनिक मलमा निर्भर भएको पाइन्छ । जसले गर्दा माटोको उर्बराशक्ति घट्नुका साथै वातवरणमा पनि उतिकै असर पार्ने गर्छ । त्यही पनि हाम्रो देश नेपालमा रसायनिक मल सजिलै भनेको समयमा सुपथ मुल्यमा किसानहरुलाई उपलब्ध हुने गर्दैन । समयमा मल हाल्न नपाएका कारण उत्पादन घटेर धेरै किसानहरु मर्कामा पर्ने गर्दछन् ।

अझै भनौ अहिले कोरोनाको महामारीले देश भरि लकडाउन भैरहेको अवस्था छ । गत आर्थिक बर्समा १२ लाख ९५ हजार हेक्टरमा मात्र धान लगाउन सम्भब भएको थियो । पोहोर भन्दा यो वर्ष ५४ हजार हेक्टरमा बढी धान खेति लगाउन पाइयो । यो वर्ष समयमै पानी पर्यो जसले गर्दा आकाशे खेतीमा भर पर्ने हाम्रा लागि यो अब्बल समय थियो । जनशक्ति पनि कोरोना छल्न सहर बजार बाट गाउँ गाउँ पुगेका थिए । त्यसैले पनि बिगतको तुलनामा सबैभन्दा बढी क्षेत्रफ़लमा खेति भयपछि बढी उत्पादनको आशा राख्नु स्वाभाविक नै हो । धान बालीमा यूरिया मल हाल्ने समय भएको छ तर लकडाउन र मल बजारमा उपलप्ध नभएका कारण किसान अतालिएर अलिअलि पाएको यूरिया दोब्बर तेब्बर मुल्यमा किन्न बाध्य भएका छन् । अझै अहिले मल बिक्रेताहरुले चिनी मल यूरिया जस्तै हो भन्दै महँगो मा बेचिरहेका छन् र सोझा किसानहरु ठगीरहेका छन् । किसानहरुले सधै एउटै तरिकाले सोच्ने अनि पुरानै तरिकाले खेति गर्ने गरेको देखिन्छ । हामीले दिन दिनै हामीबाटै सिर्जित अमुल्य मल खेर फालिरहेका हुन्छौ, जुन हाम्रो पिसाब हो । हाम्रो पिसाबमा बालीलाई चाहिने तत्त्वहरु प्रसस्त मात्रामा पाइने गर्छ तर हामी यसलाई ढल बनाई बगाइराखेका छौं । पिसाबलाई राम्रो संग प्रयोग गर्ने हो भने हामीले गर्ने खेतिहरुलाई कुनै पनि रसायनिक मलको आवश्यक पर्दैन । जुन आर्थिक, वातावरणीय र पर्यावरणीय हिसाबले नि फाइदामुलक नै हुनेछ । जसको प्रयोगका लागि आवश्यक प्रविधिमा अनुसन्धान हुनु पर्ने भने देखिन्छ ।

मानिसको पिसाबमा ९५ % पानीको मात्रा हुन्छ भने बाँकी ५ %मा युरिया, युरिक एसिड, एमोनिया, क्याल्सियम, म्यागनेसियम, सल्फेट, पोटास, फोस्फेट आदि तत्वहरु रहेको हुन्छ । मानब शरीरले उपयोग गरेर बाँकी रहेको बस्तु दिशा पिसाबबाट बाहिर फाल्ने गर्दछ । यस क्रममा पिसाबबाट विभिन्न तत्वहरु बढी मात्रामा फालिएको हुन्छ । पिसाबमा भएको युरिया, युरिक एसिड, एमोनिया बाट बिरुवालाई आवश्यक पर्ने नाईट्रोजन उपलब्ध हुन्छ । पिसाबमा २ % युरिया हुन्छ जुन ठुलो मात्रामा नाईट्रोजनको स्रोत हो । एक जना मानिसले दिनमा सरदर १.५ लि. पिसाब फाल्ने गर्दछ । मानिस बसोवास क्षेत्र, खानपान, हावापानी आदी कुराले पिसाबको मात्रा फरक पार्दछ । यसरी हिसाब गर्दा झन्डै एक जना मानिसले एक वर्षमा ५००-६०० लि. सम्म पिसाब फाल्दछ । यसरी एउटा परिवारको हिसाब गर्दा परिमाण झनै धेरै हुन्छ । यसर्थ बिरुवालाई आवश्यक तत्व ले भरिपूण ठुलो मात्राको पिसाब यसै खेरा गईरहेको छ । यसलाई सहि तरिकाले प्रयोगमा ल्याउन सकियो भने सामाजिक, आर्थिक तथा वातावरणीय दृस्टीले असाध्यै राम्रो हुने देखिन्छ ।

नेपालमा बार्षिक हाराहारी ७ लाख मेट्रिक टन रासायनिक मलको आवश्यक पर्छ । सरकारले मागको हाराहारीमा आधा मात्र मल आपूर्ति गर्ने गर्छ । हाल बजारमा रसाएनिक मलको चरम अभाव छ । आवश्यक समयमा मल पाउनुपर्ने बेला ठेकेदार र बिचौलियाको कारण किसानहरु बर्सेनि चपेटामा पर्दै आएका छन् । यसरी ठुलो परिमाणमा रासायनिक मल आयात गर्दा राज्यको ठुलो धनरासी बाहिर गईरहेको छ भने त्यो आयातित मलले उर्वर माटोलाई अझै बिगार्दै गईरहेको पनि छ । यसअर्थमा पनि मानब पिसाब सहि प्रयोगमा ल्याउन सकियो भने राज्यको व्यापार घाटा घट्न जान्छ, बिरुवाले पनि प्रसस्त मात्रामा चाहिने तत्वहरु पाउछ । किसानले परनिर्भरता भोग्नु पर्दैन भने उत्पादन पनि प्रांगारिक हुन्छ । जसको दिर्घकालिन असर राम्रो देखिन्छ ।

पिसाबको संकलन र प्रयोग गर्ने बिधि :
स्वास्थ मानिसको पिसाब शुस्म जीवाणु रहित हुन्छ । पिसाबलाई सिदै सफा तरिकाले कुनै संकलन बिधि ल्याउन सके वा टोइलेटबाट पिसाब संकलन गर्न मिल्ने तरिकाले संरचना निर्माण गर्न सक्ने हो भने पिसाब संकलन गरि जम्मा पार्न सकिन्छ । यसरी जम्मा पारिएको पिसाबलाई उपयोगमा ल्याउन पिसाबमा हुन सकने जीवाणुहरुलाई नस्ट पार्न कम्तिमा २१ दिनसम्म बन्द भाँडोमा राख्नु पर्दछ । बन्द भाडाको पिसाबलाई निकाली एक भाग पिसाब दश भाग पानी गरि बिरुवामा प्रयोग गर्न सकिन्छ । आवस्यकता अनुसार पिसाब र पानीको मात्रा घट बढ गराउन सकिन्छ । यदी झोलमा पिसाबको मात्रा बढी भएमा बिरुवा मर्न सक्दछ । तसर्थ पानी र पिसाबको मात्रा बिरुवाको उमेर, अवस्था र प्रकार हेरिकन उपयुक्त मात्रामा मिलाउनु आवश्यक हुन्छ ।

जैविक गोठे मल मै निर्भर हुदै आएको नेपालको कृषि प्रणाली बिगत चाररपाँच दशक अघिदेखि रसायनिक मलको प्रयोग हुन थाल्यो । बिकसित अर्थतन्त्रमा सन् १९३० देखि बढी प्रचलनमा आएको रासायनिक मलले आधा सताब्दी आघि नै कृषि क्रान्ति सम्भब तुल्यायो । धेरै देशलाई खाद्यान्नमा आत्म निर्भर गरायो, तर रासायनिक मल रोगको घर भन्ने निस्कर्षमा युरोप, जापान लगाएतका बिकसित देशहरु अहिले पुगिसकेका छन् । बिकसित मुलुकहरु जैबिकता तिर फर्किदै छन् भने नेपालमा रासायनिक मलको दिशाबिहिन अवस्थामा हाहाकारको गीत गाउन बाध्य छौँ । अझै कति वर्ष यस्तै गीत गाईरहनु पर्ने हो भन्ने अन्योल्ता छ ।

Related News

खेतमा काम गरिराखेका ११० किसानको घाँटी रेटेर हत्या
खेतमा काम गरिराखेका ११० किसानको घाँटी रेटेर हत्या
  • २०७७ आश्विन २

काठमाडौं- उत्तरपूर्वी नाइजेरियामा इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले ११० जना किसानको क्रूर ढंगले हत्या गरेको छ । खेतमा काम गरिरहेकाहरुलाई...

डोटीमा हाते ट्रयाक्टर प्रयोगमा वृद्धि
डोटीमा हाते ट्रयाक्टर प्रयोगमा वृद्धि
  • २०७७ आश्विन २

डोटी: पछिल्लो समय किसान खेत जोत्न, धान चुट्न, गहुँ काट्न तथा मकै छर्न लगायतका काममा आधुनिक कृषि औजारको प्रयोगमा कृषक आकर्षित...

कोरोना कहरले फेरियो कञ्चनपुरका व्यवसायीको व्यवसाय
कोरोना कहरले फेरियो कञ्चनपुरका व्यवसायीको व्यवसाय
  • २०७७ आश्विन २

महेन्द्रनगर- दुई दशकदेखि कञ्चनपुरको महेन्द्रनगरमा प्रतिष्ठित जोशी टेन्ट हाउसका सञ्चालक पुष्पराज जोशी अचेल भीमदत्तनगरपालिका–१० जिमुवामा कागतीखेती र पशुपालनमा खटिएका छन् ।...

TOP