२०७९ मंसिर २३, शुक्रबार
December 9, 2022, Friday

स्थानीय बीउ संरक्षणमा कृषकको दायित्व

टंक प्रसाद ढुंगाना 

नेपाल कृषि प्रधान देश हो र नेपालको अर्थतन्त्रको मेरुदण्ड नै कृषि भन्ने कुरामा दुई मत छैन | हाल कोरोनाको महामारीले विश्व नै महामारीको चपेटामा छ | नेपालको सन्दर्भमा करिव ४ महिना लकडाउन गरेता पनि कोरोनको प्रकोप भने घटेको देखिदैन र यो लेख लेख्दा सम्म काठमाडौं उपत्यका लगायत देशका आधा भन्दा बढी जिल्लाहरुमा स्थानीय प्रशासनले गरेको निशेधाज्ञा भर्खरै खोलेको छ भने लामो तथा छोटो दुरीका सवारीसाधन चलाउने अनुमति पनि सरकार ले दिएको छ | तथापी कोरोनको प्रकोप घटेको छैन | विश्वको आर्थिक आँकडालाई हेर्ने हो भने कोरोनाको कारण अर्थतन्त्रमा ठुलो ह्रास आउने सम्भावना प्रस्ट रुपमा देखिन्छ | नेपालको सन्दर्भमा पनि यो कुरा लागू नहुने कुनै तथ्य छैन | यहि कोरोनको कारण विश्वमा करिव ३० प्रतिशत भन्दा बढी मानिसको रोजगारी गुम्ने अर्थविद्हरुले प्रक्षेपण गरिसकेका छन् | नेपालको सन्दर्भमा धेरै जसो युवा शक्तिहरु  खाडी देशहरु तथा अन्य देशमा रहेका छन् | त्यसमा पनि छिमेकी मुलुक भारतमा युवाहरुको संख्या उच्च रहेको छ |

भारत कोरोंनाको इपिसेन्टर बन्दै गर्दा धेरै युवाहरु हाल स्वदेश फर्किएका छन् | केही महिना लकडाउन मै भारत बसेका उनीहरु रितै हात घर फर्किनुको पिडा त एकातिर छदै छ अर्को तर्फ कोरोना महामारी नसकिदै रोजगारीको खोजीमा पुन भारत जाने क्रम बढ्न थालेको छ |

रोजगारी गुमाएर भारत लगायत अन्य मुलुकबाट स्वदेश फर्किएका युवाहरुलाई अब के गर्ने त भन्ने चुनौतिपूर्ण प्रश्न रहेको छ | यसरी समस्यामा पर्दा के गर्ने भन्ने अबस्थामा आम नेपालीको भरपर्दो पेशा कृषि नै हो | यसरी युवाहरु स्वदेश फर्किएको अबस्थामा नेपाल सरकार बाट पनि व्यवसायिक उत्पादनमा जोडिन सहज बन्ने नीति तथा कार्यक्रमहरु लिएको छ | नेपालमा युवाहरुलाई कृषि क्षेत्रमा आकर्षण गर्नु जरुरी छ | युवाहरुबाट ब्यावसायिकरण, वैज्ञनिकिकरण र आधुनिकीकरणको माध्यमबाट कृषि क्रान्ति हुन्छ कि भन्ने आशा गर्न सकिन्छ | जोसिला युवाहरु पक्कै पनि आर्थिक समुन्नतिको कृषि पेशामा लाग्ने हो भने उत्पादन र उत्पादकत्वमा परिवर्तन आउने कुरा अनुमान गर्न सकिन्छ |

यसरि कृषि क्षेत्रको क्रान्तिको सपना देखिरहदा हामीले हाम्रो देशको बर्तमान आंकडा हेर्ने हो भने करिब ७ प्रतिशत कृषक जमिन बिहिन छन् भने ३० प्रतिशत कृषक निरक्षर नै छन् | वर्तमान अबस्थामा कृषिको विकास भनेको कम क्षेत्रफलमा उच्च प्रविधि प्रयोग गरेर बढी भन्दा बढी उत्पादन लिनु हो | तसर्थ  रोजगारी गुमाएर कृषिमा होमिएका युवाहरुका विभिन्न खेति प्रबिधिका तालिमहरु तथा सिपहरु प्रदान गर्नु आजको आवश्यकता हो | कम क्षेत्रफलमा बढी उत्पादन लिन समुचित मात्रामा मलखाद, विषादी र उन्नत विउको व्यवस्थापन हुनु जरुरी छ |

उन्नत विउ भनेको के हो ?

गुणस्तरयुक्त बीउ भन्नाले कुनै पनि बाली / जातको बीउको वंशानुगत जातीय शुद्ता, भौतिक शुद्ता, उपयुक्त चिस्यान, राम्रो उमारशक्ति, रोग कीरा मुक्त स्वस्थ, समान आकार प्रकार, चमकापन आदि गुणहरु तोकिएको मापदण्ड अनुसार कायम भएको हुनु पर्छ | बीउको उत्पादन, संकलन, प्रशोधन, भण्डारण, प्याकेजिंङ र बिक्री वितरण एवं ढुवानीको क्रममा बिउको गुणस्तर निरीक्षण तथा नियन्त्रणमा विशेष ध्यान पुर्याउन सकिएन भने त्यस्ता गुणहरुमा ह्रास हुन जान्छ | अत : गुणस्तरयुक्त बीउ उपलब्ध गराउन बीउ उपलब्ध गराउन बीउ उत्पादक, विक्रेता र बिउ बिजन गुणस्तर नियन्त्रण गर्ने निकाएको अहम भूमिका हुन्छ |

गुणस्तरीय बीउका विशेषताहरु :

१. भौतिक शुद्दता २. जातीय शुद्दता ३. उमारशक्ति ४. चिस्यानको मात्रा ५. १००० दानको तौल ६. ओजन ७. स्वास्थ्य ८. जीवितपन ९. समानता र चमकपन

नेपालमा बीउको गुणस्तर कायम गर्ने तरिका :

नेपालमा बीउबिजन एन, २०४५ (पहिलो संशोधन, २०६४) अनुसार गुणस्तरीय बिउको उत्पादन तथा बिक्री वितरणलाई नियमित एवं व्यबस्थित गर्न २ वटा प्रणालीहरु (बीउ प्रमाणीकर र यथार्थ सङ्केतपत्र लगाउने) अवलम्बन गरिएको छ | निम्न २ तरिकाबाट उपलब्ध हुने बीउबिजनहरुलाई आधिकारिक  गुणस्तर युक्त बीउ मान्न सकिन्छ | बीउबिजन गुणस्तर नियन्त्रण कार्यमा सहयोग गर्दै आइरहेका छन् |

१. बीउ प्रमाणीकरण :

बीउ प्रमाणीकरण भनेको कुनै सिफारिस जातको बीउ उत्पादक तथा त्यस उप्रान्तका क्रियाकलापमा आवश्यक रोहवर र निगरानी राख्दै बीउको गुणस्तरियताको ग्यारेन्टी गर्नका लागि अपनाइने एक कार्य प्रणाली हो | यसमा बीउको गुण नियन्त्रण निकायले श्रोत, बीउ बाली, खलिहान, प्रशोधन केन्द्र, भण्डारण आदिको निरीक्षण गरि तयारी बिउको नमुना परिक्षण गर्दछ र तोकिएको गुणस्तरको हद भित्र रहेको लटमा प्रमाणपत्र जारि गर्नुका साथै बीउको बोरामा निशाना सहितको संकेतपत्र राखी सिलबन्दी गर्दछ | बीउ प्रमाणीकरण गर्ने कार्य बीउबिजन एन अनुसार स्वैच्छिक छ | यस पद्दतिमा स्रोत बीउ देखी लिएर उत्पादन पक्ष र बीउ थैलाबन्दीसम्म बीउ विशेषज्ञको निगरानीमा गरिन्छ |

२. यथार्थ संकेत

यो पद्दति अनिवार्य छ | यस प्रक्रियामा बीउ प्रमाणीकरणमा जस्तै हरेक पक्षमा बीउ प्रमाणीकरण निकाएका बीउ विशेषज्ञहरुले प्राविधिक निरीक्षण गरिदैन | यस पद्दतिमा बीउ उत्पादक वा बीउ विक्रेताले बीउको गुण नियन्त्रणको हरेक पक्षमा आफ्नै बन्दोबस्तबाट गरेको हुन्छ | यस किसिमबाट उत्पादन गरेको बिउ बिक्री गर्दा उक्त बीउको थैलोमा सो बीउको गुणस्तर अनुसार अंकित गरेको यथार्थ संकेतपत्र लगाएको हुनुपर्छ |

बिउ संरक्षण किन ?

विज्ञहरुका अनुसार पूर्खाको बीउ छनोट गर्ने प्रविधि वैज्ञानिक रहेको बताउँछन्, तर आजभोलि किसान छिटो पाक्ने र धेरै फल्ने बीउको खोजीमा रहेकाले स्वदेशी बीउ क्रमशः विस्थापित भएको विज्ञको भनाई छ । पूर्खाले खाद्यान्न तथा दलहन एवम् तरकारी बालीमा पाकेको फलबाट ठूला दाना र स्वस्थ बिँया छनोट गरी पहिले नै जतन गर्दथे, तर अहिले हाइब्रिड जातको बीउमा निर्भर भएका कारण स्वदेशी बीउ प्रशोधन, सङकलन तथा जतन एवम् स्वस्थ बियाँको छनोट गर्ने बानी हराउँदै गएकाले बीउमा परनिर्भरता बढ्दै गएको हो । पूर्खाले खाद्यान्न भण्डारण गर्नु पूर्वनै बीउको जोहो गर्दथे । तर अहिले बजारमा सजिलैसँग बीउ खरिद गर्न सकिने भएपछि रैथाने जातका खाद्यान्न तथा दलहन एवम् तरकारीका बीउ पाइनै छोडेको छ । बीउबिजन ऐन २०४५ र बीउबिजन नियमावली २०६९ ले बहुराष्ट्रिय कम्पनीबाट उत्पादित वर्णशङकर जातका बीउ खास खास प्रक्रिया पुरयाई नेपालमा आयात गर्न दिने कानुनी बाटो खुल्ला गरेको छ । सोही कारणले रैथाने जातका बहुगुणी बीउ लोप हुने अवस्थामा छन् ।

नेपालको विविधतायुक्त हावापानी तथा भौगोलिक वनावट, धार्मिक, सास्कृतिक तथा जातीय विविधता र कृषकहरुले पुस्तौ देखी परम्परागत विधि तथा तौर तरिका अपनाई विउ तथा विरुवाको छनोट, एकआपसमा साटासाट र विस्तार गर्दै खेती गरिने प्रचलनले गर्दा हजारौ जातका रैथाने बीउहरुको विकास भएको हो | यो हाम्रा पुर्खाले हजारौ वर्षसम्म कृषिकार्य निरन्तर गर्दाको प्रतिफल हो | रैथाने बीउहरु कृषी अनुसन्धान केन्द्रमा विकास गरिएका होइनन तर कृषि अनुसन्धान र विकास विकास कार्यमा रैथाने जातहरूको विशेष महत्व हुन्छ |

विगतको बन्दाबंदी र हालको निषेधाज्ञाले देशका विभिन्न ठाउँमा कृषकले दुध फालेको, तरकारी बेच्न नपाएको, समयमा नै तरकारीकोको बिउ र मल खरिद गर्न नपाएको समाचारहरु दिनदिनै आइरहेको छन् | यो सगै हाम्रो मुख्य खाधान्न बाली लगाएत अन्य तरकारी बालीहरुका बिउ बाहिर बाट आयात गर्नु पर्ने आबस्था छ | सामुदायिक बिउ बैंक, कृषि फर्म, बिउ व्यवसायी, कृषक समुहहरु संग भएका बिउ परिक्षण, प्रशोधन, प्रमाणीकरण र ओसारपसार पूर्ण तथा आंशिक रुपमा प्रभावित भएका छन् | सिमा नाकाहरुबाट चाहेको मात्रामा बिउको आयात पनि हुन सकेको आबस्था छैन |

बिगत ५ -७ बर्ष अघि सम्म नेपालका अधिकाँश कृषकहरुले खाधान्न र तरकारी बालीका बिउ आफ्नै घरमा जोहो गरेर राखेका हुन्थे वा छिमेकी, आफन्त र साथीभाइको बाट किनेर वा साटासाट गरेर लगाउने चलन थियो | कतिपय पहाडी र हिमाली जिल्लामा हाल सम्म पनि यस्तो चलन भए पनि व्यवसायिक रुपमा खेती गरिने क्षेत्रहरुमा प्राय जसो उन्नत जातको हाईब्रिड बिउ नै खरिद गरि लगाउने चलन बढेको छ | उन्नत जातको बिउ खरिद गरि खेति गर्नु कृषकको लागि निकै राम्रो पक्ष भए ता पनि दीर्घकालीन रुपमा विदेशबाट आयात गरि खेति गरिएको बिदेशी बिउले माटोको उर्बराशक्ति ह्रास गर्नु को साथी हावापानीको प्रतिकुल अवस्थामा उत्पादन पनि राम्रो नहुन सक्छ | यस्तो बिउ बाट उत्पादन भएको बालीहरुमा पोषक तत्वको कमि पनि हुन्छ |

संसारका कुनै पनि देश बिउमा आत्मनिर्भर छैनन् | नेपालको कृषि अनुसन्धान प्रणाली त अझ धेरै फितलो भएको हाम्रो देशमा बिउको परनिर्भरता झनै बढ्दो छ |  बिगतमा आयातित हाइब्रिड बिउमा भरपर्दा नेपाली कृषकले पटक पटक दुस्परिणाम भोगी सकेका छौ र आउने दिनमा अझ कति भोग्नु पर्ने हो |

अत : अब आउने दिनबाट कृषकहरुले बिउ छनोट गर्दा अन्यत्र विकास गरिएका तर स्थानीय हावापानीमा हुने वा नहुने निश्चित नभएका बिउ रोप्ने अथवा बर्षो देखि खेति गरिदै आएका उत्पादन हुने निश्चित हुने, खादा स्वादिलो तथा पोषिलो हुने रैथाने बिउ र नेपाल कृषि अनुसन्धान परिषद ले सिफारिस गरेका बिउ आफ्नो खेत बारीमा लगाउने सोच गर्नु आवश्यक छ | नियमन गर्ने निकाय र बिउ आपूर्तिकर्ताले पनि आयातित बीउका कारणले बिगतमा कृषकहरुले भोग्नु परेको दुष्परिणाम दोहोरिन नदिन ध्यान पुगोस | बिपद्का बेला गलत बिउ आपूर्ति गर्नु अर्को विपद निम्त्याउनु हो | तसर्थ अब हामी स्थानीय स्तरमा नै रैथाने बिउ नै संरक्षण गर्न आजै बाट अग्रसर हुनु जरुरी छ |

Related News

सुदूरपश्चिमको प्रदेशसभामा छ दलको प्रतिनिधित्व
सुदूरपश्चिमको प्रदेशसभामा छ दलको प्रतिनिधित्व
  • २०७७ आश्विन २

कैैलाली – सुदूरपश्चिमको प्रदेशसभामा दोस्रो कार्यकालका लागि विभिन्न छ राजनीतिक...

TOP