२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

प्रविधिमैत्री बन्दै पहाडका किसान, २५० भन्दा बढी हाते ट्याक्टर वितरण

ट्याक्टरको मदतले रापाइँ गर्दै डोटीका किसान दिनेश बलायर
ट्याक्टरको मदतले रापाइँ गर्दै डोटीका किसान दिनेश बलायर

 

दिपायल- शिखर नगरपालिका–८ तिल्तालीका दिनेश बलायरले दुुई वर्ष अघि गोरु जोतेर रोपाइँ गरेका थिए । खेतीपातीका लागि उनले घरमा हलगोरु पाल्नुुपर्ने अवस्था थियो ।

यस बर्ष कृषक बलायरले हाते ट्याक्टर जोतेर रोपाइँ गरेका छन् । शिखर नगरपालिकाको कृषि शाखाले उनको खेतमा धान दिवससँगै रोपाइँ को आयोजना गरेको थियो । जहाँ रोपाईंमा गोरुको सट्टा हाते ट्याक्टर प्रयोग गरिएको थियो ।

त्यस्तै आदर्श गाउँपालिका–१ सालगाउँका किसान शेर बहादुुर खड्काको खेतमा पनि गाउँपालिका र कृषि ज्ञान केन्द्रको आयोजनामा धान दिवस मनाइयो । गत वर्षसम्म रोपाईंमा गोरुको प्रयोग गरिएकोमा यस वर्ष हाते ट्याक्टर र गोरु दुुबैको प्रयोग गरिएको थियो ।

कृषक बलायर र खड्काको रोपाईं गरिएको खेतहरुमा गोरु जोतेर रोपाईं गर्न गत वर्षहरुमा पुरै एक दिन समय लाग्थ्यो भने यस वर्ष चार घण्टाको अवधिमा रोपाईं सकिएको छ । हाते ट्याक्टरको प्रयोगले समय बचत हुनुको साथै गोरु पाल्नुुपर्ने झन्झट हटेको कृषक बलायरले बताए । “हाते ट्याक्टरको प्रयोगले हामी किसानहरुलाई धेरै सजिलो भएको छ,“उनले भने,“समयको वचत भएको छ । गोरु पाल्नुुपर्ने झन्झट हटेको छ । उत्पादन पनि राम्रो हुने गरेको छ ।”

पहाडमा पनि सजिलै हाते ट्याक्टरको प्रयोग गर्न सकिने कृषक खड्काले बताए । ट्याक्टर स्यानो भएका कारण पहाडका साघुुरा जमिनमा पनि जोत्न सकिन्छ । यसको प्रयोग रापाईंमा मात्र नभएर हरेक समय खेत जोत्न सकिन्छ, उनले भने ।

पछिल्लो समय जिल्लका दुुई सय ५० भन्दा बढी किसानहरुले हाते ट्याक्टरको मदतबाट खेती गर्दै आएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले बताए । प्रदेश, स्थानीय सरकार तथा गैरसरकारी संघसंस्थाहरुले अनुदानमा ट्याक्टर उपलब्ध गराउन थाले पछि हाते ट्याक्टर प्रयोग गर्ने किसानहरुको संख्यामा वृद्धि भएको हो । हाते ट्याक्टरसँगै अन्य प्रविधि र कृषि सम्बन्धी ज्ञानको प्रयोग गर्दै प्रविधिमैत्री कृषि खेती गर्ने किसानको संख्या वृद्धि हुँदै भएको अवस्थीले बताए ।

ज्ञान केन्द्रले धान रोप्ने मसिन, धान गहुुँ चुट्ने थ्रेसर लगायतका अन्य प्रविधिहरुको पनि सफल परीक्षण गरिसकेको बताउँदै उनले अवको आर्थिक वर्षमा ती प्रविधिको पनि व्यवस्था गरिने बताए ।

दुुई वर्षमा २५० हाते ट्याक्टर वितरण

दुुई वर्षमा डोटीका दुुई सय ५० जना कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ । प्रदेश सरकार, स्थानीय सरकार तथा गैरसरकारी संघसंस्थाहरुको सहयोगमा ट्याक्टरहरु वितरण गरिएको हो ।

चालुु आर्थिक वर्ष कृषि विकास निर्देशनालय दिपायलले जिल्लाका एक सय ५० जना कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको कृषि विकास निर्देशनालय दिपायलका निमित्त प्रमुख नरेन्द्र पनेरुले बताए । यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत कृषि विकास निर्देशनालय दिपायलले जिल्लाका ९० जना कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएको उनले बताए । त्यस्तै कृषि ज्ञान केन्द्र डोटी र स्थानीय सरकारको ५० प्रतिशत अनुदानमा ६० वटा ट्याक्टर वितरण गरेको थियो ।

त्यस अघि कृषि विकास निर्देशनालय दिपायलले ६० वटा ट्याक्टर, कृषि ज्ञान केन्द्र डोटीले ६० वटा ट्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । गत वर्ष साइन नेपाल नामक गैर सरकारी संस्थाले ४० वटा हाते ट्याक्टर र केही थान थ्रेसर निःशुुल्करुपमा कृषि समुहहरुलाई उपलब्ध गराएको थियो ।

हाते ट्याक्टरको माग बढ्दो

जिल्लामा हाते ट्याक्टर, धान रोप्ने मसिन, थ्रेसर, पोली हाउस लगायतका सामग्रीहरुको माग बढ्दो रहेको कृषि विकास निर्देशनालय दिपायलका निमित्त प्रमुख पनेरुले बताए । हाते ट्याक्टरहरु पहाडमा सञ्चाला गर्न सहज र महिलामैत्री भएका कारण पनि माग बढ्दो रहेको उनले बताए ।

“यस वर्ष पाँच सय भन्दा बढी कृषकहरुले हातेट्याक्टरको माग गरेका थिए, उनले भने,“त्यसका लागि बजेटले भ्याएन । अर्को वर्ष पनि निरन्तरता दिने तयारीमा छौं । युवा र महिला कृषकहरुले ट्याक्टर खुुबै रुचाएका छन्, जसले गर्दा कृषिमा युवा र महिला आकर्षण बढाएको छ ।”

गाईगोरुहरुमा गत वर्ष देखिएको लम्पी स्किन, खोरेत रोगले महामारी फैलाए पछि धेरै गाईगोरुहरुको मृत्युु भयो त्यस कारण पनि हाते ट्याक्टरको माग बढ्दै गएको हो, पनेरुले भने ।

 

 

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०८१ असार १६

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP