२०८१ माघ १, मंगलवार
January 14, 2025, Tuesday

महिलाहरुको जीविकोपार्जनका लागि बाख्रा वितरण


दिपायल – बोगाटन फुड्सिल गाउँपालिकाका – १६ परिवारलाई बाख्रा वितरण गरिएको छ । एकल महिला तथा विपन्न परिवारलाई लक्षित गर्दै प्रति परिवार ३ वटा बाख्रा वितरण गरिएको हो ।

गाउँपालिका तथा वडा कार्यालयहरूको समन्वयमा ग्रामीण समुदाय विकास केन्द्र ( RCDC ) डोटीले युनाइटेड मिसन टु नेपाल को (UMN) को साझेदारीमा संचालित दिगो वातावरणको लागि जलवायु परिवर्तन तथा अनुकुलन परियोजना अन्तर्गत बाख्रा वितरण गरेको हो ।

गाउँपालिकाकोे वडा नम्बर- १ सिम्चौरका ४ परियार, वडा नम्बर – ४ सत्तफरीका ५ परिवार र वडा नम्बर – ७ चवरा चौताराका ७  परिवार गरी जम्मा १६ परिवारलाई बाख्रा वितरण गरिएको आरसीडीसीका प्रतिनिधि कर्ण विष्टले बताए ।

समुदायमा रहेका विपन्न परिवार तथा एकल महिलाहरुलाई लक्षित गरी आत्मनिर्भर र स्वरोजगार बनाउने उद्येश्यसहित बाख्रा वितरण गरिएको ग्रामीण समुदाय विकास केन्द्रले जनाएको छ ।बाख्रा वितरण कार्यक्रममा लाभान्वित वडाका वडाध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।

Related News

पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
  • २०८१ असार ७

दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...

TOP