२०८१ असार २९, शनिबार
July 13, 2024, Saturday

पूर्वीचौकीका ३५ जना एकल महिलाले पाइन् व्यवसायिक कृषि सम्बन्धी तालिम र कृषि सामग्री 

दीपेन्द्र खड्का / दिपायल – पूर्वीचौकी गाउँपालिकाले एकल महिला कृषकहरुका लागि तरकारी खेतीसम्बन्धी तालिमकोे आयोजना गरेको छ। उपाध्यक्षसँग एकल तथा विपन्न महिला कार्यक्रम अन्तरगत उक्त तालिमको आयोजन गरेको हो ।

असार ४ गतेबाट सञ्चालन भएको उक्त तालिमको बिहीबार समापन गरिएको हो । एकल महिलाहरुलाई प्रत्यक्ष आयआर्जनसँग जोड्ने उद्येश्यसहित व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सञ्चालन गरिएको हो,”उपाध्यक्ष खड्काले भनिन्,”व्यवसायिकरूपमा कृषि खेती गर्ने महिलाहरुलाई पालिकाले अन्य सहयोग पनि गर्ने छ । उनीहरूले तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गरिदिनु प-यो ।”

महिलालाई तरकारी खेती मार्फत आत्मनिर्भर बनाउन सके सन्तानहरूको शिक्षा दिक्षा र पारिवारिक खर्च धान्न सहज हुने उनले बताइन्।

तिन दिने तालीममा बेमौसमी तथा मौसमी तरकारी खेती प्रविधि, नर्सरी स्थापना एवं व्यवस्थापन, लहरे तरकारी बाली, यिनका महत्त्व तथा मूल बीउ उत्पादनसम्बन्धी प्रशिक्षण दिइएको थियो । माटो परीक्षण, सुधार तथा तरकारी र फलफूल खेतका लागि आवश्यक प्राङ्गारिक मल, जैविक बिषादिको प्रयोगका बारेमा एकल महिला कृषकलाई जानकारी गराइएको कृषि शाखा प्राबिधिक उदय साउदले बताए ।

तालीममा पूर्वीचौकीका ७ वटा वडाका ३५ जना एकल महिलाको सहभागीता रहेको थियो । तालिममा सहभागी प्रत्येक महिलाहरुलाई व्यवसाय सुरु गर्न पोलिहाउस त्रिपाल, हजारी, विषादी छर्ने स्प्रे र बन्दा, काउली, गाजर, टमाटर, धनियाँ, रायोकोे बीउ उपलब्ध गराइएको थियो ।

Related News

त्रिशूलीमा खसेका थप दुई यात्रुको श*व नारायणी नदीमा भेटियो
त्रिशूलीमा खसेका थप दुई यात्रुको श*व नारायणी नदीमा भेटियो
  • २०८१ असार ६

काठमाडौं– नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ...

TOP