दिपायल- चालु आर्थिक वर्षमा डोटीमा दुई सय ५३ वटा सिँचाइ आयोजना निर्माण हुने भएका छन् । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय अन्तरगत आयोजना निर्माणका लागि प्रदेश सरकारले ४० करोड ९८ लाख बजेट विनियोजन गरेको थियो ।
गत आथिर्क वर्षमा जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय मार्फत डोटीमा ३२ करोड १४ लाखको लागतमा सिँचाइ आयोजनाहरु निर्माण गरिएको थियो । चालु आर्थिक वर्षमा सिँचाइ तर्फ ४० करोड ९८ लाख बजेट व्यवस्थापन गरिएको छ । जस अन्तरगत २५३ वटा सिँचाइ आयोजना र १०७ वटा तटबन्धनका आयोजना निर्माण गर्ने लक्ष रहेको सिँचाई विकास डिभिजन कार्यालय डोटीका सूचना अधिकृत मेखु अधिकारीले बताइन् ।
यस आर्थिक वर्षको बजेटमा १० लाख देखि ३० लाख सम्मका आयोजनाहरु समेटिका छन् । खेतीयोग्य र उत्पादनशील जमिन रहेका क्षेत्रहरुमा आयोजनाहरु निर्माण हुँदै आएका छन् । विशेषतः धान, गहुँ उत्पादन हुने खेतका लागि बढी आयोजनाहरु माग हुँदै आएका छन् । आदर्श गाउँपालिका– ५ मा गडखेत तलारा सिँचाइ आयोजना निर्माण गरिएको छ । दिपायल सिलगढी नगरपालिका– ८ दाङमा बालखेत सलडा सिँचाइ आयोजना, जोराय गाउँपालिका– ४ मा राहुलगाउँ सिँचाइ आयोजना निर्माण गरिएको छ । यी क्षेत्रहरुमा खेतीका लागि उपयुक्त ठुलठुला फाँटहरु छन् । एउटा आयोजनाले दुईसय देखि चार सय किसानहरुलाई राहत मिलेको सिँचाई विकास डिभिजन कार्यालयको दाबी छ । प्रदेश सरकार स्थापना भएदेखि हालसम्म वार्षिकरुपमा मर्मतसहित तीन सय देखि पाँच सय आयोजनाको काम हुने गरेको छ ।
सिँचाई विकास डिभिजन कार्यालयमा प्रदेश सरकारको तुलनामा संघ सरकारको १० देखि १५ प्रतिशत मात्रै बजेट आउने गरेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले डोटीका लागि ४० करोड ९८ लाख २१ हजार ७२३ रुपैंया बजेट विनियोजन गरेको थियो भने संघ सरकारबाट ६ करोड १७ लाख बजेट मात्रै प्राप्त भएको थियो ।
आयोजनाहरुको सम्झौता भएर असार मसान्त भित्र निर्माण सम्पन्न हुने गरी काम भैरहेको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय डोटीले जनाएको छ । त्यसमध्य केही आयोजनाहरु क्रमागत भएकाले अर्को आर्थिक वर्षमा समेत निरन्तरता पाउने छन् ।
काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष...