२०८१ असार १, शुक्रबार
June 14, 2024, Friday

खडेरीका कारण खाद्य संकटको जोखिम

बझाङ – हिउँदे वर्षा नभएका कारण बझाङमा गहुँलगायतका हिउँदेबाली सप्रिन सकेको छैन । कतिपय क्षेत्रमा खडेरीका कारण लगाएको बाली राम्रोसँग उम्रिएको छैन भने उम्रिएको हिउँदेबाली पनि सुक्खापनले सुक्न थालेपछि खाद्य संकटको जोखिम बढेको छ ।

झन्डै ६ महिनादेखि पानी परेको छैन । जसका कारण गहुँ मात्रै नभएर जौ, मुसुरो, उवा, केराउ, तरकारी जस्ता बालीहरू पनि नसप्रिएको किसानहरूले बताएका छन् । बझाङमा असोजको तेस्रो साता वर्षा भएको थियो ।

‘बालीनालीलाई पुग्दो पानी नपरेको र खेतमा लगाइएको बाली खेतमै सुक्न लागेको हो, पानी नपरेकाले छरेको सबै बीउ उम्रिन पाएन,’ सुर्मा गाउँपालिकाका गणेश बोहराले भने, ‘अहिले त उम्रिएको पनि पहेंलो भएर सुक्न थालेको छ ।’ कतिपयले कात्तिकमा गहुँ लगाएको खेतमा केही पनि नउम्रिएपछि फागुनमा खेत जोतेर वर्षेबाली लगाउने तयारी गरिरहेको उनले बताए ।

खडेरीका कारण जयपृथ्वी र बुंगल नगरपालिकाको उच्च पहाडी तथा हिमाली भूभाग, साइपाल, तल्कोट, मष्टा, सुर्मा, छबिस पाथीभेरा, दुर्गाथली गाउँपालिका बढी प्रभावित भएको बताइएको छ । हिउँदे वर्षा नभएका कारण यहाँको खेतीबाली केही पनि बाँकी छैन ।

खडेरीका कारण बीउ बराबरको पनि बाली उत्पादन नहुने अवस्थामा पुगेको बित्थडचिरका किसान वीरबहादुर बोहराले बताए । ‘५० किलो गहुँ छरेको थिएँ । समयमा पानी परिदिएको भए सातरआठ क्विन्टल गहुँ फल्थ्यो,’ यो वर्ष बीउजति उब्जनी हुन मुस्किल परेको उल्लेख गर्दै उनले भने ।

Related News

जोखिम मोलेरै भए पनि शैक्षिक सुधार गरिन्छः नगर प्रमुख बलायर
जोखिम मोलेरै भए पनि शैक्षिक सुधार गरिन्छः नगर प्रमुख बलायर
  • २०७९ फाल्गुन २९

दिपायल– शिखर नगरपालिकाका नगर प्रमुख दिर्घबहादुर बलायरले नगरको शिक्षा सुधारका...

TOP