२०८२ बैशाख २९, सोमबार
May 12, 2025, Monday

कञ्चनपुरमा जंगली हात्तीको बथानले सखाप पार्‍यो केरा खेती

कञ्चनपुर – कञ्चनपुरमा जंगली हात्तिको बथानले केरा खेतीमा क्षती पु-याएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टीमा कृषक जगन्नाथ जोशीको केरा खेती जंगली हात्तिको बथानले क्षती गरेको हो ।

मंगलवार बिहान सबेरै केरा फार्ममा पसेको हात्तीले एक हजारवटा भन्दा बढी केराका बोटमा क्षति गरेको कृषक जोशीले बताए । उनले बजारमा लैजानका लागि तयारी अवस्थामा रहेका एक बिघा क्षेत्रफलमा लगाइएका केरा हात्तीले क्षति गरेको बताए ।

‘घडी (केराको फल) खाँदासम्म खाएको छ’ उनले भने, ‘बाँकी रहेको खुट्टाले कुल्चेर नोक्सानी गरेको छ ।’ करिब २० वटा हात्तीको बथानले धेरै नोक्सान गरेको र फेरी राति फर्केर आउने सम्भावना रहेकाले चिन्तित रहेको उनको भनाइ छ ।

निकुञ्जका कर्मचारी, प्रहरी र वडा अध्यक्षलगायतका जनप्रतिनिधिले हात्तीले क्षति पु-याएको फार्मको अवलोकन गर्नुका साथै क्षतिबारे स्थलगत मुचुल्का समेत तयार गरेका छन् । जोशीले सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाको चलनभोगमा रहेको ६ विघा जग्गा लिजमा लिएर केरा फार्म सञ्चालन गरेका छन ।

विद्यालयको १२ बिघामध्ये ६ बिघामा केरा खेती र अन्य जग्गामा प्याज लगायतको तरकारी खेती छ । विद्यालयलाई वार्षिक रुपमा ६ लाख रूपैयाँ ज्याला बुझाउने गरी जग्गा भाडामा लिएको उनले बताए ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७८ फाल्गुन २४

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP