२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन सिफारिस

काठमाडौं – राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गरेको छ । लामो अध्ययन गरेर दूधको मूल्य बढाउने निर्णयमा पुगिएको बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादवले बताए ।

बोर्डले गरेको निर्णय उचित लागेमा मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयले दूधको मूल्य बढाउने निर्णय लिन सक्ने छ । अहिले बजारमा प्रतिलिटर दूधको मूल्य ७६ रुपैयाँ छ । ‘बोर्ड, पशु सेवा विभाग, कृषक लगायतका सरोकारवालाको बैठकले मूल्य बढाउने सिफारिस गरेको छ, यो निर्णय किसानको हितमा छ,’ कार्यकारी निर्देशक यादवले भने । मन्त्रालयले दूधको मूल्य बढाउने निर्णय लिए बढेको मूल्यबाट किसानलाई लिटरमा ७ रुपैयाँ र उद्योगलाई तीन रुपैयाँ जाने उनले बताए ।

पछिल्लो साढे दुई वर्षदेखि दूधको उत्पादन लागत बढेको तर सोही आधारमा मूल्य नपाउँदा किसान हतोत्साही भएको बोर्डको दाबी छ । चोकर, दाना र दूध दिने गाई भैंसीको मूल्य नै बढ्दा पनि किसानले पाउने गरी दूधको मूल्य बढाउनु जरुरी भएको कार्यकारी निर्देशक यादवले बताए ।

नेपाल डेरि एशोसिएसनका अनुसार बोर्डले गरेको सिफारिस अनुसार मन्त्रालयले मूल्य बढाउने निर्णय गरे दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुग्ने छ ।

Related News

प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
  • २०७८ माघ ३

दिपायल- प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रभावकारी न्याय सम्पादन गर्नु आफ्नो...

TOP