धनगढी– कैलाली र कञ्चनपुरका ६ जना कृषक पुरस्कृत भएका छन् । सोमबार धनगढीको भूमि व्यवस्था तथा कृषि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई कृषि विकास निर्देशनालय दिपायल डोटीले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’द्वारा पुरस्कृत गरेको हो ।
केरा खेतीमा उत्कृष्ट कार्य गरेको भन्दै गौरीगंगा नगरपालिका–३, का लक्षीराम आचार्य र भीमदत्त नगरपालिका–१० का पूर्णसिंह साउँद, पशुपालनमा टीकापुर–१ का चक्रबहादुर बटाला, भीमदत्त नगरपालिका–१८, का वीरेन्द्रबहादुर चन्द र शुक्लाफाँटा–१०, कञ्चनपुरका रमेशबहादुर धानुक र च्याउ खेतीमा गोदावरी–३ कैलालीका डिल्लीराज जोशीलाई पुरस्कारसहित सम्मानित गरिएको हो । उनीहरुलाई प्रमाणपत्रसहित जनही २५ हजार नगद पुरस्कारले पुरस्कृत गरिएको हो । प्रदेश सरकारको नीति अनुसार प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार नै यसपटक कैलाली र कञ्चनपुरका ६ जना किसानलाई पुरस्कृत गरिएको कृषि विकास निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताए । उनले भने,‘पहिलो लटमा हामीले कैलाली र कञ्चनपुरका किसानलाई पुरस्कृत गरेका छौँ, त्यसपछि क्रमशः सबै जिल्लामा पुगेर त्यहाँका उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।’
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...