२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

भारतीय गायिका कनिका कपूरलाई कोरोना संक्रमण

एजेन्सी– भारतीय गायिका कनिका कपूरलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको पुष्टी भएको छ।

कोरोनाको संक्रमण देखिएपछि उनलाई उत्तर प्रदेशको राजधानी लखनऊको केजीएमयू अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ। उनी पाँच दिनअघि (मार्च–१५)मा लण्डनबाट भारत फर्किएकी थिइन्।

लखनऊमा एक अपार्टमेन्टमा बसेकी कनिकाले एक होटलमा पार्टी पनि दिएकी थिइन्। पार्टीमा करिब पाँच सय जान सहभागी थिए।

कानिकालाई कोरोनाको संक्रमण देखिएपछि उनको पार्टीमा सहभागी भएकाहरुको खोजी भइरहेको स्वास्थ्य विभागलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनीहरुको सबैको नमुना परीक्षण गरिने स्वास्थ्य विभागले जानकारी दिएको छ।

पार्टीमा सहभागी व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिए अस्पतालको निगरानीमा राखिने बताइएको छ।

लखनऊमा कनिकासहित चार जनालाई कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७६ चैत्र ७

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP